बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका वडा नं। ६ का ६० वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले ज्वरो खोकी र स्वासप्रस्वासको समस्या लिएर शुक्रबार नै अस्पताल आएका उनको साँझ मृत्यु भएको जानकारी दिए।
अस्पतालको फिबर क्लिनिकमा आएका उनको जिन एक्सपर्ट मेसिनबाट स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको र आईसियूमा राखी उपचार सुरू भएपछि उनको मृत्यु भएको डा। गौतमले बताए।
उनी लामो समयदेखि दम तथा छारेरोगको दीर्घ रोगी समेत रहेको डा। गौतमले जानकारी दिए।
प्रतिक्रिया