मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश सासद विष्णु पन्थीले कपिलवस्तुको पर्यटकीय विकासका लागि पर्यटन विभागका महानिर्देशक सहितको टोलीलाई स्थलगत निरिक्षण गराउनुभएको छ ।
जिल्लाको जगदिशपुर ताल, बुद्धस्थल सगरहवा लम्बुसागर, निगालीकोट, अरौराकोट लगाएतका स्थलको निरिक्षण, संरक्षण र विकासका लागि पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ सहितको टोली कपिलवस्तु ल्याउनु भएको हो ।
प्रदेश साँसद पन्थीले मुलुकको उत्कृष्ट १०० गन्तब्यहरु मध्ये जगदिशपुर तालको पर्यटकीय विकासका लागि आफुले केन्द्र र प्रदेश सरकारसंग आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।
प्रदेशको प्रमुख पयर्टकीय गन्तब्यको रुपमा जगदिशपुर भएकाले यसको विकासमा केन्द्रको समेत ध्यान आकृष्ट भएकोले दीर्घकालिन योजना सहित अघि बढ्ने साँसद पन्थीले जानकारी दिनुभयो ।
जगदिशपुरमा हाल प्रदेश सरकारबाट पार्क, भियु टावर लगाएतका क्षेत्रमा काम भइसकेकोले यसवर्ष केन्द्र र प्रदेश सरकारको बजेटबाट जगदिशपुरको पर्यटकीय विकासमा थप काम हुने भएको छ ।
आकर्षक गेट, सार्वजनिक शौचालय, क्याफे तथा मुख्य गेटका दायाँ वायाँ वाल समेत निर्माण हुने गरी तयारी भईरहेको साँसद पन्थीले बताउनुभयो । कतिपय समयमा सिंचाई कार्यालय र विभागबाट काम गर्ने क्रममा अवरोध पुगेकाले आवश्यक समन्वय गरी अवका दिनमा कुनै वाधा नहुने बताइएको छ ।
स्थलगत निरिक्षणमा आउनु भएका पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, विभागकै निर्देशक, लगाएतले यसवर्षको बजेटबाट जगदिशपुर विकासमा आवश्यक पर्ने योजनामा समयमै छलफल गरी काम गरिने र त्यसका लागि आवश्यक समन्वय साँसद पन्थीले गर्नुहुने जानकारी दिनुभयो ।
हाल पर्यटन विभागबाट जगदिशपुर ताल वरिपरीको निर्माण भएको पैदल मार्गको समेत अवलोकन गरी यसवर्ष उक्त योजनालाई पूर्णता दिने समेत बताइएको छ । गएको आ.ब.मा जगदिशपुर तालको २४ सय मिटर फुटपाथ निर्माण भएको थियो । स्थलगत निरीक्षणमा वडा अध्यक्ष शिव वाग्ले, समाजसेवी ललित गुरुङ्ग, देवराज पाण्डे, पत्रकार हरि अधिकारी लगाएतले जगदिशपुरको सुन्दरीकरणमा विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया