१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

चितवनमा थप ८७ जना कोरोना पोजिटिभ



नारायणगढ ।
चितवनमा थप ८७ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । शुक्रबार राति गरिएको परीक्षणमा चितवनमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशालामा ५ सय ३३ जनाको थ्रोट स्वाब नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार संक्रमित ३ देखि ९० वर्ष उमेर समूहका छन् । संक्रमित ८७ मध्ये भरतपुर महानगरपालिकामा मात्रै ७३ जना रहेका छन् ।

बाँकी रत्ननगरका २, खैरहनीका ४ र कालिका नगरपालिकाका ८ जना रहेका प्रयोगशलाले जनाएको छ । संक्रमित सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको प्रयोगशाला प्रमुख अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७ शनिबार ००:००  ८ : १६ बजे