कपिलवस्तु ।
नेपाली काँग्रेस कपिलवस्तु नगर कार्य समितीका उपसभापति सोमनाथ पौडेलको सम्झनामा शोक सभा सम्पन्न गरिएको छ । नेपाली काँग्रेस कपिलवस्तु नगर ईकाई समितीको आयोजनामा बिपी स्मृती भवन तौलिहवामा शोकसभा आयोजना आयोजना गरिएको थियो ।
भदौ १८ गते काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ५३ बर्षको उमेरमा असामयिक निधन भएका पौडेल पार्टीको वफादार कार्यकर्ता रहेको शोकसभामा उपस्थित नेताहरुले बताए । पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्यले स्वर्गिय पौडेलले पार्टी प्रति योगदान दिई पार्टी कार्यमा सदैव क्रियाशिल रहेकाले पार्टीले उनका कार्यको मुल्याङ्कन गर्नु पर्ने बताए । पुर्व जिल्ला सभापति सुधाकर पाण्डेयले पौडेलको असामयिक निधनले सिङ्गो पार्टी शोकाकुल भएको बताए ।
स्वर्गिय पौडेलको कार्यको मूल्याङ्कन गर्नु र परिवारको ख्याल गर्नु पार्टीको दायित्वमा पर्ने प्रदेश २ ख का सभापति तथा यशोधरा गाँउपालिकाका अध्यक्ष गृजेश कुमार पाण्डेयले बताए । सो अवसरमा पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले फोन मार्फत दिएको शोक सन्देश सभाका सहभागीलाई सुनाईएको थियो ।
पार्टीका नगर सभापति प्रशान्त कार्कीको अध्यक्षता, सहसचिव अर्जुन चापागाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका पुर्व जिल्ला सचिव सुरेश शर्मा, वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार र वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले शोक मन्तब्य दिएका थिए ।
प्रतिक्रिया