१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना संक्रमितको स्वास्थ्य अवस्थामा ध्यानदिन सरोकारवालाको ध्यानाकर्षण



मायादेवी अनलाइन, जितपुर ।

कोरोना संक्रमितको स्वास्थ्य अवस्थामा ध्यान दिन जिल्लाका सरोकारवालाले सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएका छन् । जिल्लाका मानव अधिकारकर्मी, सामाजिक अभियान्ता, राजनीतिकर्मी पत्रकार लगाएतले एक संयुक्त विज्ञप्ती जारी गर्दै क्वारेन्टाइन तथा आइसुलेशनहरुको ब्यवस्थापनमा गम्भिर ध्यान दिनका आग्रह गरेका हुन् ।

पछिल्लो समय समुदाय तहमा कोरोनाको संक्रमण बढ्दो रहेको र संक्रमण समुदाय तहमा फैलिरहेकाले नेपाल सरकारको मापदण्ड वमोजिम जिल्लामा रहेका क्वारेन्टाइन, आइसुलेशनहरु व्यवस्थित र प्रभावकारी नभएको भन्दै संक्रमितहरुको स्वास्थ्य अवस्थामा गम्भिर ध्यान दिन मानव अधिकार एलाइन्स केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेल आग्रह गर्नुभयो ।

कोरोना महामारीबाट समुदायका महिला, बालबालिका, युवा तथा बृद्धबृद्धा लगाएतका सवै समुह संक्रमित र प्रभावित भएका छन् । खासगरी विभिन्न स्वास्थ्य समस्या भएका विरामीहरु सुत्केरी महिला, डायलासिस विरामी र अन्य जटिल प्रकारका विरामीहरु स्थानीय स्तरमा निर्माण भएका आइसोलेशनमा बसिरहेको पाइएकाले यसप्रति स्थानीय जनप्रतिनिधी तथा सरोकारवाला निकाय संवेदनशील भई जिम्मेवार हुन आग्रह गर्दछौं । जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तो अवस्थामा मानव स्वास्थ्य नै मानव अधिकारको पहिलो शर्त भएकाले सुत्केरी अवस्थाका र डायलाशिस विरामी कोरोना संक्रमित महिलाहरु सामान्य रुपमा संचालनमा रहेका आइसुलेशनमा बसेको पाइएकोले उनीहरुको स्वास्थ्य संवेदनशीलाई ख्याल गर्र्दै सुविधा सम्पन्न कोरोना विशेष अस्पतालमा राखेर उपचार गर्न गराउन एलाइन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरेले सबैमा अपिल गर्नुभएको छ ।

एलाइन्सका सामाजिक तथा साँस्कृतिक अधिकार प्रदेश ५ संयोजक तेज प्रसाद आचार्य, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल प्रदेश ५ संयोजक हरि अधिकारी, पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष डिलाराम भुसाल, सिद्धार्थ सामाजिक विकास केन्द्र उपाध्यक्ष सूर्य कुमारी शाही, अन्तरपार्टी महिला सञ्जाल, कपिलवस्तु सदस्य चेतना अधिकारीले संयुक्त विज्ञप्ती जारी गर्दै संक्रमितको स्वास्थ्य अवस्थाबारे सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७७ शुक्रबार ००:००  ७ : ३७ बजे