१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुटवल कोरोना अस्पतालमा नवलपरासीका एकजनाको मृत्यु



बुटवल ।
बुटवल कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूमा उपचाररत पश्चिम नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७ शुक्रबार ००:००  १२ : ५९ बजे