१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वाणगंगाका २ सय बढी व्यक्ति नेकपामा प्रवेश



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ८ सिसेनी गाउँका २ सय बढि व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सिसेनी गाउँका २ सय बढिलाई राष्ट्रिय सभा सदस्य तथा नेकपामा जिल्ला सह इन्चार्ज विमला घिमिरे तथा जिल्ला पार्टी अध्यक्ष झविलाल पोखरेलले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी विमला घिमिरले श्रमजीवि वर्गको उत्थान र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा भएकाले नव प्रवेशीलाई नेकपाको विचार र आस्थामा अडिन आग्रह गर्नुभयो ।

नेकपाले जनताको पक्षमा सदैव काम गर्दै आइरहेकाले सवै श्रमजिवी वर्गको उत्थानका निति, कार्यक्रम र बजेट ल्याइरहेको समेत जानकारी दिनुभयो । उहाँले जनताको जीवनस्तर माथी उठाउने काममा नेकपाले विभिन्न लोकप्रिय कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रदेश सचिवालय सदस्य बलराम अधिकारीले सिसेनी गाउँ र जनताको समस्यामा आफु राम्रैसंग जानकार भएकाले गाउँको विकासमा आफनो कार्यकालमा सहयोग गरेको बताउनुभयो । संविधान सभा सदस्य अधिकारीले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी जस्ता जनताको आधारभूत आवश्यकतामा नेकपाले नितीगत रुपमा सुधार गरेर लगिरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेलले आश्वासन बाड्ने पार्टी नेकपा नभएर जनताको विकास र राष्ट्रको समृद्धिमा नेकपाको पालामा उल्लेख्य काम हुने बताउनुभयो । त्यस्तै जिल्ला सचिव रामचन्द्र शाहले नेकपाको सरकारले जनमुखी निती र कार्यक्रम ल्याएर जनताको जीवन स्तर बदल्ने बताउनुभयो ।

कार्यक्रममा नवप्रवेशीले गाउँमा विद्युत, शिक्षा, बाटोघाटो, शौचालय, खानेपानी लगाएतका समस्या राखेका थिए ।

नेकपा वाणगंगा अन्तरगत नगर वडा कमिटि ८ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा जिल्ला सचिवालय सदस्य नारायण भुसाल, शंकर पाण्डे, सुवास सल्यानी, लक्ष्मण वेल्वासे, जिल्ला सदस्य हुमनाथ पौडेल, दुर्गा आचार्य, विष्णु प्रसाद घिमिरे लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रम वडा कमिटि अध्यक्ष प्रेम वि.को अध्यक्षता, विद्यार्थी नेता बाबुराम अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७७ बिहिबार ००:००  ५ : ०३ बजे