मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार ९ वर्षका बालक सहित थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
पौडेलका अनुसार वडा नम्बर १ कि २४ वर्षिय महिला, वडा नम्बर ४ का ३५, १३, २७ बर्षिय महिला र सोही वडाकै ९ बर्षिय बालक र ४२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरुको यहि भदौ १७ गते स्वाब संकलन गरिएको हो ।
यो संगै वाणगंगा नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ । जसमध्ये २६ जना मात्र सक्रिय संक्रमित रहेका छन् भने अन्य निको भैसकेका छन् ।
आज थपिएका संक्रमित मध्ये वडा नम्बर १ कि महिला समुदाय स्तरकै संक्रमित रहेको र अन्य वडा नम्बर ४ जना भारतबाट आएको वाणगंगा स्वास्थ्य शाखाले जनाएको छ । आज भेटिएका संक्रमितको सम्पर्कमा आएकाको कन्ट्रयाक टे्रसिङ गरिने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकार िदिनुभयो ।
प्रतिक्रिया