एजेन्सी ।
प्रिमियर लिग क्लब फुलहमले फ्रान्सका अन्तराष्ट्रिय गोलकिपर अल्फोन्स अरोलालाई अनुबन्धन गरेको छ ।
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमले अरोलालाई पेरिस सेन्ट जर्मेन ९पीएसजी०बाट लोनमा अनुबन्धन गरेको हो ।
२७ बर्षका अरोलाले गत सिजन लोनमा रियल मड्रिडमा बिताएका थिए । र उनले ९ पटक खेल्ने मौका पाएका थिए । जसमा दुई च्याम्पियन्स लिगको खेल समेत रहेको छ ।
‘म धेरै खुसी छु, सबै कुरा पुरा भएको छ ।’ उनले भने, ‘म्यानेजर ९स्कट पार्कर०ले मलाई बोलाए । मैले निकै राम्रो महशुश गरे । उनले मलाई चाहेको कुरा बताए ।’
‘फुलहम एतिहासिक क्लब हो । मैले यस मैदानको बिषयमा धेरै सुनेको छु ।’ उनले थपे ।
उनले फ्रान्सबाट ३ पटक खेलेका छन् । फ्रान्सले सन् २०१८ मा विश्वकप जित्दा उनलाई टिममा प्रयोग गरिएको थिएन ।
‘आशा गरौ, यो सिजन हाम्रा लागि निकै राम्रो हुन्छ । म मेरो शक्ति लिएर आउनेछु । र टिमको लक्ष्य प्राप्तिका लागि सबै चिज दिन चाहन्छु ।’ उनले भने ।
फुलहमका मालिक टोनी खानले भने, ‘अरोला निकै अनुभवी र उच्च स्तरका खेलाडी हुन् ।’
‘उनले फ्रान्सको राष्ट्रिय टिमबाट खेलेका छन् । उनले पीएसजीबाट लिग उपाधि जितेका छन् । उनले गत सिजन रियल मड्रिडबाट पनि खेले । ला लिग उपाधि समेत जिते ।’ उनले भने ।
‘उनलाई जोड्न पाउँदा हामी धेरै खुसी छौ । उनी टिममा महत्वपूर्ण हस्ताक्षरकर्ता हुन् ।’ उनले थपे ।
प्रतिक्रिया