१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सेरेना यूएस ओपन टेनिसको सेमिफाइनलमा



एजेन्सी ।
सेरेना यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । क्वार्टरफाइनलको खेलमा बुग्लेरियन खेलाडी स्वेताना पिरोनकोवालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै सेरेना अन्तिम ४ मा प्रवेश गरेकी हुन् ।

जितसंगै सेरेनाले कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई जिवितै राखेकी छिन् । अमेरिकाकी ६ पटककी च्याम्पियन ३८ बर्षिया सेरेनाले खेलको सुरुवातमा संघर्ष झेल्नु परेको थियो ।

भेट्रान खेलाडी सेरेनाले फाइनल प्रवेशका लागि पूर्व विश्व नम्बर १ भिक्टोरिया अजारेन्का वा बेल्जियमकी १६ औं वरियताकी एलिस मेर्टेसबीचको विजेतासंग खेल्नेछिन् ।

सेरेनाले पछिल्ला ३ बर्षमा पाँचौ ग्रान्डस्लामको फाइनलमा पुग्न फेरी एक सुस्त सुरुवात गर्न नसकिने बताएकी छिन् । सेरेनाले पछिल्लो पटक २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिईन् ।

‘म बिहिबार फेरी खेल्नेछु । मलाई लगातार खेल्ने बानी छ । मलाई यो पत्ता लगाउन आवश्यक छ, थोरै छिटो कसरी सुरुवात गर्न सकिन्छ ।’ सेरेनाले भनिन् ।‘म भिडेको छु । मैले कहिल्यै हार मानेकी छैन । तिमीलाई अघि बढिरहन आवश्यक छ ।’ उनले भनिन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७ बिहिबार ००:००  ७ : ३३ बजे