१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

१०७ औं विपि जयन्तीः कांग्रेस भातृ संस्थाद्धारा शैक्षिक सामग्री प्रदान



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री १०७ औं विपि जयन्तीका अवसरमा कांग्रेस भातृ संस्थाले शैक्षिक सामग्री प्रदान गरेर मनाएका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा-९ भलवाडको श्रीराम आधारभूत विद्यालय पडरियामा एक कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री प्रदान गरी तरुण दल र नेविसंघ कपिलवस्तुले विपि जयन्ती मनाएका हुन् ।

बिपि जन्मजयन्ती को अवसरमा बिपि कोइराला युवा नेतृत्व विकास मंन्च कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा तरुण दल र नेविसंघले विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको तरुण दलका जिल्ला सभापति शक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा १५ थान कुर्सी ४ थान पंखा, १ थान टेबुल १ थान दराज गरि करिब करिब ५० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको सभापति ठकुरीले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य अतहर कमाल मुसलमानले विपिको बारेमा चर्चा गर्दै उहाँले प्रतिपादन गर्नुभएका सिद्धान्तको व्याख्या गर्नुभएको थियो ।

विपिले अगालेका विचारहरुको युवापिढीले अध्ययन गर्नुपर्ने भन्दै नेता मुसलमानले पार्टी पनि उहाँकै मार्गदशर्नबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा कांग्रेस महासमिति सदस्य हरिराज घिमिरे, नेका जिल्ला सदस्य रबि काफ्ले, नेका वडा सभापति दिपक थापा, बिद्यालयका प्रअ ओमलाल गिरी, अध्यक्ष चुरामणी अर्याल लगायतले मन्तब्य राख्नुभएको थियो ।

युवा नेतृत्व बिकास मंन्चका जिल्ला संयोजक राममणी पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेविसंघका नेता दिनेश क्षेत्रीको स्वागत मन्तव्य र नेविसंघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलको संचालन रहेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७७ बिहिबार ००:००  ७ : २० बजे