मायादेवी अनलाइन, चन्द्रौटा ।
प्रदेश सभा सदस्य विष्णु पन्थी स्वास्थ्य सामग्री वितरणको अभियानमा लाग्नुभएको छ । कोरोना भाइरसबाट बच्न स्वास्थ्य सामग्रीको प्रयोग अनिवार्य भैरहेका बेला सांसद पन्थी जिल्लाभर फ्रन्ट लाइनमा काम गर्नेलाई स्वास्थ्य सामग्री वितरणको अभियानमा लाग्नुभएको हो ।
सांसद पन्थीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपाल मार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आउनुभएको छ ।
सोहीक्रममा चन्द्रौटामा युवा संघका जिल्ला सहसंयोजक कृष्ण कार्कीलाई जिल्लाको पश्चिमी क्षेत्रमा रहेर फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गर्न जिम्मा दिइएको छ । यसभन्दा अगाडि जिल्लाको पूर्व क्षेत्रमा उहाँले स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।
कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामग्री मास्क, सेनिटाइजर, हातधुने साबुन बितरण गरेको प्रदेश सभा सदस्य पन्थीले बताउनुभयो । जिल्लाका सबै स्थानहरुमा अभियानको रुपमा हिडेको भन्दै कोरोना नियन्त्रणको लागि नागरिकनै सचेत हुनुपर्ने बताउनुभयो ।
सांसद पन्थीको सहयोगमा जिल्लाको पुवी क्षेत्रमा रहेका स्वास्थ्य सस्था तथा प्रहरी कार्यालयहरुमा सामग्री बितरण गरिसेकेको युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपालमणी ज्ञवालीले बताउनुभयो ।
शिवराज नगरपालिका र बिजयनगर गाउँपालिका क्षेत्रमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गर्ने युवा संघका जिल्ला सह संयोजक कृष्ण कार्कीले बताउनुभयो ।
स्वास्थ्य सामग्री वितरणमा युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपाल ज्ञवाली, सह संयोजक कृष्ण कार्की, नेकपा शिवराजका सचिव जगत पौडेल, नेकपा बिजयनगरका ईन्चार्ज अर्जुन सापकोटा, टुकलाल गैरे, नेकपा युवा नेता सरोज पौडल, विद्यार्थी नेता शुसील खत्री, कविराज अधिकारी लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया