रुकुम पश्चिम ।
गएको आर्थिक वर्ष २०७६र०७७ को असार मसान्तसम्म कोरोना भाइरस रोकथाम, नियन्त्रण, तथा पूर्वतयारीका लागि रुकुम पश्चिममा १० करोड २२ लाखभन्दा बढी रुपैयाँ खर्च भएको छ । रुकुम पश्चिमका ६ पालिका र जिल्ला प्रशासन कार्यालयमार्फत चार महिनाको अवधिमा १० करोड २२ लाख ६८ हजार तीन सय ३४ रुपैयाँ खर्च भएको हो ।
कुल रकममध्ये जिप्रकामार्फत १९ लाख ९९ हजार दुई सय एक रुपैयाँ खर्च भएको छ भने १० करोड दुई लाख ६९ हजार एक सय ३३ रुपैयाँ पालिकामार्फत खर्च भएको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्ला प्रशासन कार्यालयबाट भएको खर्च रकमले सबै पालिकामा स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताउनुभयो । सुरक्षाकर्मी र कर्मचारीको लागि पनि आवश्यक स्वास्थ्य सामग्री खरिद गरिएको उहाँले भन्नुभयो ।
प्रतिक्रिया