१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दलितहरुमाथि भएको श्रृङखलाबद्ध हत्यालाई रोक्न माग गर्दै ज्ञापनपत्र पेश



कपिलवस्तु ।

प्रदेश नम्बर २ मा भई रहेको दलितहरुको श्रृंखलाबद्ध हत्यालाई बन्द रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेल मार्फ़त प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । मंगलबार बुद्धपद्म विद्यालय देखि कपिलवस्तु जिल्ला प्रशासन कार्यालय सम्म “सरकार न्याय देउ ” इंगित ब्यानर सहित र्याली निकालेर ज्ञापनपत्र बुझाइएको हो । रौतहट जिल्लाका निरंजन राम र विजय रामको हत्यारालाई पहिचान गरि उचित सजायको माग गरेको संजय निगमले बताए ।

उनले लकडाउननको अवधिमा प्रदेश २ मा मात्र १४ जना भन्दा युवा बालबालिकाको हत्या भएको घटनाले हरेक नागरिकलाई त्रसित पारेको भन्दै न्यायको अपील गर्दै ज्ञापन पत्र बुझाएको बताएइका छन् ।

पछिल्लो समय दलित हत्या भैरहेको घटनाले दलित समाज मर्माहत भएको उनको भनाई छ । निरंजन राम विजय राम राजू सदा लगायत युवा युवती हरूको हत्या बारे न्याय मागदै रौतहट पर्सा धनुषामा दलित अगुवाहरु क्रमबद्ध रुपमा आन्दोलित छन तर सरकार र प्रशासन भने अहिले मौननै छ ।

उक्त कार्यक्रममा दर्जन भन्दा बढ़ी समाजिक अभियन्ता र नागरिक समाजका अगुवाहरु सहित सर्वसाधारण जनताको समेत सहभागिता थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७७ बुधबार ००:००  ८ : ४५ बजे