१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज ।

बाँकेमा मंगलबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालीका–१६ निवासी ८० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याबाट ग्रस्त थिइन् । मृत्यु भएपछि पीसीआर परीक्षण दिउँसो ३ बजेर १५ मिनेटमा आएको रिपोर्ट पोजिटिभ देखिएको फोकल पर्सन श्रेष्ठले बताए ।

मंगलबार बिहान कोरोना संक्रमित भइ उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षा अस्पतालमा भर्ना भएका एक जना पुरुषको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  ७ : ०९ बजे