१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

परम्परा अनुसार संक्रमितको शव ब्यवस्थापन गर्न दिनुपर्ने जनता समाजाबादीको माग



कपिलवस्तु ।

मृत्यु भएका कोरोना संक्रमितको सदगद धार्मिक परम्परा अनुसार गर्न दिईनु पर्ने जनता समाजबादी पार्टी नेपालले माग गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई सो पार्टीले ज्ञापन पत्र बुझादै सो माग गरेको हो ।

पार्टी जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अगुवाईमा गएको टोलीले धार्मिक मुल्य मान्यताका आधारमा सावधानी अपनाएर शवको ब्यवस्थपान गर्न दिनु पर्ने माग गरे ।

पत्रकार बनारसी बर्मा कोरोना संक्रमित भए पछि शव ब्यवस्थापनका बिषयमा तौलिहवाका युवाहरु र सुरक्षाकर्मी बिच राति तनाव भएको थियो । प्रजिअ पौडेल र सरोकारवाला बिच छलफल पछि बल्ल धार्मिक मान्यताका आधारमा सावधानी अपनाई रामघाटमा दाहसस्कार गर्न दिइएको थियो ।

बाँकेमा कोरोना संक्रमितको शव ब्यवस्थापनमा सरोकारवालासंग छलफल गरी धार्मिक बिधि अनुसार गर्न दिइएको पार्टी सभापति यादवले बताए । ‘ हामीले पनि बोक प्रशासनले जस्तै शव ब्यवस्थापनका लागि सरोकारवालासंग छलफल गरी सवाधानी अपनाएर दिनु पर्छ भन्ने माग गरेका छौ ’उनले भने ।

कोरोना लगायतका बिषयमा हुने बिभिन्न सवालमा सरोकारवला र स्थानीय सरकारसंग छलफल गर्नु पर्ने उनले माग गरे । आफुहरुले कारोना महामारीका बिषमाय प्रशासनसंग सहकार्य गर्न तयार रहेको उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  ६ : ४५ बजे