१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेश ५ मा आज ६१ कोरोना संक्रमित थपिए



बुटवल ।
प्रदेश ५ मा मंगलबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २० महिला र ४१ पुरुष छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४२ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

मंगलबार थपिने संक्रमितमा बर्दियाका १८ जना, रुपन्देहीका १७ जना र बाँकेका १५ जना छन् । यस्तै कपिलवस्तुका ४ जना, दाङका ३ जना, पश्चिम नवलपरासी २ जना र गुल्मी र रोल्पाका एकरएक जना छन्।

१ हजार ७ सय १७ कोरोना संक्रमित उपचारको क्रममा छन् । जसमा करिब १५ प्रतिशत लक्षणसहितका बिरामी भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलले बताए । संक्रमितमध्ये १ सय ११ जना संक्रमित कोरोना विशेष अस्पतालमा रहेको सूचना अधिकारी डा. पौडेलले बताए । यसमा जटिल खालका २० जना आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

लक्षणविहीन अन्य संक्रमित भने आइसोलेसन केन्द्रमा रहेका छन् । प्रदेशमा जटिल खालका कोरोना संक्रमितको उपचारका लागि खोलिएका रुपन्देहीको बुटवल, भैरहवा, दाङको बेलझुण्डी र बाँकेको खजुरामा गरी ४ वटा कोरोना विशेष अस्पताल छन् । कोरोना संक्रमणका कारण प्रदेशमा ४३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  ६ : ०८ बजे