काठमाडौँ ।
कोरोना भाइरस संक्रमणबाट विश्वभर निको हुनेको संख्या १ करोड ९५ लाख ९४ हजार ७०१ पुगेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६४ लाख ८५ हजार ५७५ पुग्दा निको हुनेको संख्या भने ३७ लाख ५८ हजार ६२९ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ४२ लाख ८४ हजार १०३ जनामा संक्रमण हुँदा निको हुनेको संख्या भने ३३ लाख २४ हजार ६० पुगेको छ। संक्रमणको तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जनामा संक्रमण हुँदा निको हुनेको संख्या ३३ लाख ५५ हजार ५६४ पुगेको छ।
रसियामा १० लाख ३० हजार ६९० जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ८ लाख ४३ हजार २७७ पुगेको छ। पेरुमा संक्रमितको संख्या ६ लाख ९१ हजार ५७५ छ भने निको हुनेको संख्या ५ लाख २२ हजार २५१ पुगेको छ।
विश्वभर कोरोना भाइरसबाट २ करोड ७५ लाख ९१७ जना संक्रमित भएका छन् भने ८ लाख ९६ हजार ९८८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।
प्रतिक्रिया