१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चिकित्सक र कामदारसहित गण्डकी प्रदेशमा ५९ संक्रमित थपिए



स्याङ्जा ।

पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ५९ जना सङ्क्रमित थपिएका छन् । सबैभन्दा धेरै सङ्क्रमित पोखरामा थपिएका छन् ।

सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका कामदारमात्र २४ जना छन् । जसमा २० महिला र ४ पुरुष रहेका छन् ।

त्यस्तै पोखराको पार्कल्यान्ड अस्पतालका एक जना चिकित्सक र गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सुस्ता पूर्व) मा ९ जना त्यस्तै तनहुँका ३ जना बाग्लुङका ९ जना र गोरखाका १० जनामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार छ सय ६० जना पुगेको छ । एक हजार सात सय ८५ जना निको भएका छन् भने २० जनाको निधन भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  १ : ५५ बजे