१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँचीका कोरोना संक्रमितको बाँकेमा मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको शीतगंगा नगरपालिका वडा नं.१२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा आज मंगलबार बिहान ९ः२० मा मृत्यु भएको हो।

टिप्पर दुर्घटनामा घाइते भएका उनलाई कोरोना देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो। मृतक टिप्पर चालक हुन्। गत श्रावण २७ गते निजी टिप्पर दुर्घटनामा परि युनिभर्सल मेडिकल कलेज भैरहवामा भदौ ४ गते भर्ना भएका ४२ वर्षीय पुरुषको भोलिपल्ट कोरोना पोजिटिभ रिपोर्ट पुष्टि भएको थियो।

थप उपचारका लागि ११ गते मेडिकल कलेज कोहलपुरमा लगिएको थियो। सिभियर निमोनिया रहेका ४२ वर्षीय पुरूषको भेन्टिलेटरमा राखेर उपचार भैरहेता पनि मंगलबार बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि बचाउन नसकिएको जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । यो सगै अर्घाखाँचीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  १ : ४२ बजे