१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एम्बाप्पेलाई कोरोना, घर पठाइयो



एजेन्सी ।

पेरिस सेन्ट जर्मेन ९पीएसजी०का फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

फ्रान्सेली फरवार्डको कोरोना परिक्षणको क्रममा पोजेटिभ देखिएको हो ।

कोरोनाबाट संक्रमित बनेपछि एम्बाप्पेले मंगलबार राति नेसन्स लिगमा क्रोएसियाबिरुद्ध हुने खेल गुमाउनेछन् ।

२१ बर्षिया फरवार्डले नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई हराउने क्रममा एक गोल गरेका थिए ।

संक्रमित भएको पत्ता लागेपछि उनी टिम बाहिर रहेका छन् । उनलाई सोमबारनै घर पठाईएको छ ।

फ्रान्सले घरेलु मैदानमा मंगलबार राति क्रोएसियासंग प्रतिस्पर्धा गर्दैछ ।

‘यूईएफएद्धारा सोमबार गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई प्रशिक्षणबाट अलग गरिएको छ । र घर फर्काईएको छ ।’ फ्रान्स फुटबल महासंघद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

‘टिममा समावेश हुनु अघि पनि एम्बाप्पेको परिक्षण गरिएको थियो । जसमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।’ उसले भनेको छ ।

गत सिजनको च्याम्पियन पीएसजीले बिहिबार रेसिङ लेन्सबिरुद्ध खेल्दै लिग वान उपाधिको रक्षा थाल्नेछ । गत महिनामात्र एम्बाप्पे प्रेरित पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा पराजित बनेको थियो ।

कोरोना महामारीको कारण खेलाडी संक्रमित बनेपछि लिग वानको पहिलो खेल स्थगित बनेको थियो । लिग कमिटिले एक टिमका तीन भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिएपछि सो खेल रद्ध गर्ने नियम तय गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७ मंगलबार ००:००  ८ : ०९ बजे