मायादेवी अनलाइन, चार नम्बर ।
आज विश्व फिजियोथेरापी दिवस, हरेक वर्षको सेप्टेम्बर ८ मा यो दिवस मनाइन्छ । सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेपछि यसको अवधारणा सुरु भई मनाउन थालिएको हो ।
त्यस संस्थाले बिश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात मालीस, सुधारात्मक व्यायम अनि अन्य कसरतहरुको शुरुवात भएपछि सन् १८९४ मा बेलायत मा चार्टड सोसाईटी अफ फिजियोथेरापी खोलेको पाइन्छ ।
फिजियोथेरापीको प्रथम कलेज अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा खोलिएको थियो । प्रथम बिश्वयूद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको शुरुवात भएको हो ।
नेपालमा भने फिजियोथेरापीको ईतिहास कोट्याँउदा नयाँ चिकित्सा पद्धतीका रुपमा केही दशक अगाडीमात्र केही निजी अस्पतालहरुले औपचारीक शुरुवात गरेको पाइन्छ । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतीहरु अनि केही भारतबाट तालिम प्राप्त स्वास्थकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ ।
सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रुपमा औपचारीक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको ईतिहास हामीले पायौं तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो ।
तथापि बिभिन्न अनौपचारीक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारीक शुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवाप्रदायक बढ्दै गएका हुन् ।
सशस्त्र द्धन्द पश्चात बिसं २०६३ पछि अगंभंग र घाईते सैन्यदस्ताको पूर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरुमा फिजियोथेरापीको प्रयोग अत्याधिक गरिएको पाइन्छ । नेप्टा भनेंर नेपाली फिजियोथेरापीस्ट हरुको पेशागत संगठनको उपस्थिती रहेको छ ।
अंगभंग, अगं काट्नुपर्ने, दुर्घटनाको चोट पछि लगायत अन्य बिभिन्न प्रक्रियामा फिजियोथेरापी अत्यावश्यक छ ।
बिभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यासवाट बिमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट सीप र अध्यनको आवश्यक्ता परेको सरोकारवाला बताउँछन् ।
प्रतिक्रिया