मायादेवी अनलाइन, चार नम्बर ।
सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विधालय, समूदाय र संस्थाहरुले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । तर विश्वभर कोरोनाका कारण अहिले विश्वर कुनै सार्वजनिका कार्यक्रम हुने छैनन् ।
कोरोना भाइरसको कारण यो वर्ष नेपाल समेत विश्वका धेरै राष्ट्रहरुमा विद्यालय खुल्न सकेका छैनन् । केहि विधालयले अनलाइन कक्षाको रुपमा विद्यार्थीहरुलाई पढाइरहेका छन् भने धेरैजसो विद्यालयमा पठनपाठन ठप्प छ । डिजिटल शिक्षामा त्यति धेरै अगाडी नहुँदा नेपालको धेरै विद्यार्थीहरुले यो महामारीको कारण शिक्षाबाट टाढा रहनु परेको छ ।
सबैजना साक्षर हुनु सबैजनाको दायित्व हो, नेपालको परिपेक्ष्यमा डिजीटल यूग अनि त्यसको उपयोगीताको प्रयोग गरेर डिजीटल शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दो छ ।
हातहातमा भएका मोबाईल अनि घरघरका ईन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिंदा सञ्चार अनि समय व्यति तगर्ने फजुल माध्यम मात्र बन्न हुँदैन । लेखिने अक्षरहरु र अकंहरुको महत्व एकदमै धेरै र अतुलनिय छ, विकसित समाजको परिकल्पना यी अक्षर र अङ्क हरुसँग सबैजना मानवको परिचय नगराइकन संभव पक्कै पनि छैन ।
नेपालमा पौढ शिक्षालगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिन जरुरी रहेको सरोकारवाला बताउँछन् । आधूनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएतापनि विश्वभरि लगभग ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने स्पष्ट तथ्य अध्यनहरुले देखाउँदछ ।
साक्षरताको ग्लोवल मनिटरिग रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन । धेरै जना बालबालिकाहरु अझैपनि विधालय जान पाउँदैनन र पाउनेहरु पनि दैनिक विधालय जान सक्दैनन, पश्चिमी र दक्षिणी एसीया लगायतका देशहरु साक्षरता दरमा अझै कमजोर देखिन्छन ।
प्रतिक्रिया