१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना संक्रमणबाट पत्रकार बनारसी बर्माको निधन



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुका एक पत्रकारको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १ तौलिहवा निवासी ६२ वर्र्षीय बनारसी बर्माको कोरोना भाइरसको संक्रमणबाट आज मृत्यु भएको हो ।

मिर्गाैलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । मृत्युपछि उहाँको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र बेलुकी रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

दीर्घ रोगबाट पीडित पत्रकारको बिहान निवासमै श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल पु¥याएका थिए । परिवारले सामान्य रुघाखोकी जस्तै लक्षण देखिएको र स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल लगेका वर्माको अस्पताले मृत्यु भएको पुष्टी गरेको थियो । उहाँले केही समयदेखि भैरहवा युनिभर्सल मेडिकल कलेजमा किड्नीको डायलाइसिस गर्दै आउनुभएको थियो । मृतक पत्रकारका छोरालाई १४ दिन अघि कोरोना संक्रमण भएको थियो । उनी आइसोलेसनमा छन् । संक्रमण कहाँबाट कसरी फैलियो भन्ने यकिन भएको छैन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शव व्यवस्थापनको तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनाराण पौडेलले जानकारी दिनुभयो । उनी नेपाल टेलिभिजनमा कपिलवस्तुबाट लामो समयसम्म काम गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २२ भाद्र २०७७ सोमबार ००:००  १० : १७ बजे