मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरमा तरकारीका बेर्ना तयार भई बेचविखन सुरु भएको छ ।
जनमैत्री कृषि सहकारी गजेहडाद्धारा संचालित ठाकुरापुर फर्ममा अहिलेको मौसम अनुसार बिभिन्न तरकारीका बेर्ना तयार भएका हुन् ।
शनिबारदेखि तयार भएका बेर्ना बेच्न सुरु गरिएको कृषक खगेन्द्र घिमिरेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । घिमिरेका अनुसार अहिले फर्ममा फूलगोपी, बन्दागोपी , बोडकाउली, भान्टा, टमाटर, खुर्सानी, लगायतका तरकारीका बेर्ना बेचविखन भइरहेको छ ।
ठाकुरापुर नमुना प्लटिङ नजिक रहेको फर्मबाट सस्तो मुल्यमा बेर्ना विक्रि भइरहेको उहाँले बताउनु भयो । अहिले २ वटालाई ५ रुपैयाँका दरले बेर्ना विक्रि भइरहेका छन्, उहाँले भन्नुभयो, यो बजारमुल्यभन्दा निकै सस्तो हो ।
अस्तिदेखि बेर्ना बेच्न सुरु गरिएको र छिटै सकिने भएको हुँदा समयमै सम्पर्क गर्न कृषक घिमिरेले आग्रह गर्नुभयो ।
बजारका बेर्नामा समस्या आएको किसानले गुनासो गरेपछि सहकारीले अहिले बेर्ना उत्पादन थालेको सहकारीले जनाएको छ । अहिले हाट बजार नखुल्दा बजारमा बेर्नाको अभाव रहेको किसानहरु बताउँछन् ।
प्रतिक्रिया