मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगामा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको निशुल्क कोरोना बीमा गरि दिएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को जोखिम वाणगंगा क्षेत्रमा पनि रहेकाले सहकारीले शेयर सदस्यको कोरोना बीमा गरिदिएको हो ।
आफ्ना शेयर सदस्यलाई कोरोना लागि हाले बीमा वापत आएको रकमले सहयोग हुन्छ भनेर बीमा गरिदिएको सहकारीका अध्यक्ष देवीप्रसाद पाण्डेले बताउनुभयो ।
यतिमात्र होइन सहकारीले आफ्ना शेयर सदस्यहरुको लागि दुई लाखको दुर्घटना बिमा गराइदिएको छ भने शेयर सदस्यको मृत्युभएमा परिवारलाई किरिया खर्च बापत तीस हजार प्रदान गर्दैै आएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
यस्तै सदस्यहरुलाई घातक रोग लागि शल्यक्रिया गर्नुपरेमा ५० हजार, संस्थामा आबद्ध सदस्य ६५ बर्ष पार गरेका सदस्यहरुलाई बर्षको दुई हजार चार सय जेष्ठ नागरिक भत्ता बितरण गर्दै आएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
संस्थामा आबद्ध सदस्यहरुको जस्तोसुकै सुख होस वा दुःखमा साथ दिने प्रयास गरिरहेको अध्यक्ष पाण्डे बताउनुहुन्छ ।
“राष्ट्र विकासको लागि सहकारीता, सहकारी विकासको लागि हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा लिएर हिडेको सहकारी अहिले बाह्र बर्ष पुरा गरी तेह्र बर्षमा प्रवेश गरेको सहकारीका व्यवस्थापक सागर घिमिरेले बताउनुभयो । सहकारीमा हाल ८७१ जना शेयर सदस्य रहेको व्यवस्थापक उहाँले बताउनुभयो ।
अगाडि २०६४ साल भाद्र १९ गते डिभिजन सहकारी कार्यलय तौलिहवामा दर्ता भई बाणगंगा नगरपालिका वडा नम्बर १ मा स्थापना भएको यो सहकारी पूजीका हिसाबले पनि अग्रणी स्थानमा पर्छ ।
प्रतिक्रिया