बिष्णु कुमार आले, अर्घाखाँची ।
गुल्मीको इस्मामा कुटपिटबाट एक जनाको ज्यान गएको छ। इस्मा गाउँपालिका वडा नं २ हस्तिचौरका २३ बर्षीय मोति बहादुर कुँवरको ज्यान गएको प्रहरीले जनाएको छ। इस्मा गाउँपालिका १ हस्तिचौरको छिनुवाखोलामा होटल सञ्चालन गर्दै आएका कुवँर सोमबार बिहान घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए।
मोति र दाजु यम बहादुर कुँवरले संयुक्त रुपमा होटल सञ्चालन गर्दै आएका थिए। यम बहादुरले आफु ९ बजे घर गएको र बिहान आउँदा भाईलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए।
अचेत अवस्थामा भेटिएका कुँवरको उपचारको लागि गुल्मी अस्पताल तम्घास लैजाने क्रममा बाटोमै ज्यान गएको थियो।
अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले मृत्यु घोषणा मात्रै गरेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ । मृतक कुवँरको टाउको र शरिरको बिधिन्न भागमा चोटैचोट देखिएकाले धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
घटनास्थल ईश्मा गाउँपालीकाको कार्यालय बाट करिव ४ किलोमिटर दक्षिण रहेको ईश्मा प्रहरी चौकिका असई कृष्ण बिकले बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली र ईश्मा प्रहरी चौकीबाट घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान सुरू गरेको जनाईएको छ । कुटपिटबाट लामो समय बितिसक्दा पनि अहिले सम्म कसैलाई प्रहरीले पक्राउ गरेको छैन । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ।
प्रतिक्रिया