काठमाडौं ।
पानीको तापक्रमले मानव शरीरलाई प्रत्यक्ष नोक्सान गर्दैन । तर धेरै तातोपानी मानिसले एकैपटक धेरै पिउन सक्दैन । यसले गर्दा शरीरका लागि आवश्यक पानीको मात्रा पूर्ति नहुने सम्भावना बढी रहन्छ ।
तातोपानीले पानीको तिर्खा पनि मेटिदैन । अर्थात तातोपानी पिएपछि पनि तिर्खा लागिरहेको अनुभव हुन्छ । किनभने तातोपानी कार्बोनेटेड पानी हो । जसमा हाइड्रेटिंग अर्थात तिर्खा मेटाउने तत्व न्यून हुन्छ । यद्यपि यो मान्छेको पेट र मस्तिष्कबीचको सम्बन्धमा पनि निर्भर रहन्छ ।
यही कारण कहिले थोरै घुट्को पानी पिउँदा पनि तिर्खा मेटिन्छ भने कहिले अलि बढी पानी पिउँन मन लाग्ने हुन्छ । कडा शारीरिक अभ्यासपछि तातोपानीको सट्टा चिसोपानी पिउनु लाभदायक हुन्छ । किनभने चिसोपानीले शरीरलाई तुरुन्त पुनः हाइड्रेट गर्न मद्दत गर्छ ।
तातोपानीमा रहेको कार्बनेसनले हड्डीहरुलाई असर गर्नसक्ने खतरा पनि उत्तिकै रहन्छ । यसबारेमा सन् १९६० को दशकमै खोज अध्ययन भैसकेको छ ।
त्यतिखेर गरिएको अध्ययनले पनि तातोपानी, कार्बोनेटेड र कोलायुक्त पेय पदार्थ पिउने व्यक्तिहरुमा हड्डी भाँच्चिनसक्ने सम्भावना तुलनात्मक रुपमा बढी रहेको पाइएको थियो । जबकि चिसोपानी र कोलारहित पेय पदार्थ पिउनेमा त्यस्तो खतरा कम पाइएको थियो ।
क्राइटन विश्वविद्यालयको ओस्टियोपोरोसिस अनुसन्धान केन्द्रका अन्वेषकहरूले गरेको अध्ययनले किड्नीका लागि पनि तातोपानी भन्दा चिसोपानी नै बढी लाभकारी पाइएको थियो । कोलायुक्त पेय पदार्थ त किड्नीका लागि बर्जित नै रहेको अध्ययनले पत्ता लगाएको थियो ।
एजेन्सीहरुबाट
प्रतिक्रिया