काठमाण्डौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण र अर्थतन्त्रलाई सँगै अघि बढाउने विषयमा उद्योगी बयावसायीसंग प्रतिवद्धतता जनाउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गरेका प्रधानमन्त्रीले सरकार उद्योग व्यवसाय जोगाउनका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
करिब ३ घण्टा भएको छलफलमा ओलीले नीति नियम परिवर्तनदेखि राहत उद्धारसम्मका काम गर्नका लागि आफू तयार भएको बताउनु भएको बुझिएको छ । तर लक डाउन अन्त्य या खुकुलो पार्ने भन्ने विषयमा मुख चपाएको बताइएको छ । ओलीले विषयमा उहाँले एक शब्द पनि नबोलेको बताइएको छ ।
छलफलका क्रममा व्यवसायीहरूले अहिलेको लकडाउन अनन्तजस्तो देखिएको र यसले गर्दा अर्थतन्त्र कोममा पुग्नै लागेको बताएका थिए। सुरक्षाका उपाय कडाइका साथ लागू गरेर भए पनि अर्थतन्त्र खोल्नुपर्ने व्यवसायीहरूले माग गरेका थिए। उनीहरूले श्रमिक व्यवस्थापनदेखि ऋणको ब्याज छुटसम्मका माग राखेका छन् ।
छलफलका क्रममा प्रधानमन्त्रीले कोरोना नियन्त्रणसँगै अर्थतन्त्रमा थप क्षति हुन नदिन सरकारले कदम चाल्ने र त्यसैका लागि समस्या बुझ्न छलफलका लागि बोलाएको उनलाई उद्धृत गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो ।
कर तथा रोयल्टी, विभिन्न नियम शुल्क तिर्नुपर्दा छुट तथा सहुलियत दिनुपर्ने र साना तथा मझौला उद्योगहरूलाई विशेष सहुलियत दिएर राज्यले सहयोग गर्नुपर्ने सुझाव दिएका छन्।
प्रतिक्रिया