भैरहवा ।
रुपन्देहीमा आज आइतबार ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २९ पुगेको छ। विभिन्न प्रयोगशालाबाट आएका रिर्पोटअनुसार आइतबार दिउसो साढे ४ बजेसम्म रुपन्देहीका ४ पालिका क्षेत्रका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका १३ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
उनका अनुसार अधिकांश शहरी र बाक्लो बस्ती भएको क्षेत्रमा संक्रमण समुदायस्तरमा फैलिसकेको छ । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ९ महिला र १४ पुरुष गरी २३ जना संक्रमित थपिएका छन्। त्यस्तै रोहिणी गाउँपालिकामा १, तिलोत्तमा र सैनामैना नगरपालिकामा ४र४ जनामा संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया