काठमाडौं ।
तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ ।
शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए ।
‘तत्कालका लागि सम्झौता रद्द गरिएको छ धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने ।
यो निर्णयसँगै दुवै कम्पनीले राखेको पाँच पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ । साथै, थप कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको छ ।
५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।
प्रतिक्रिया