बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा आइतबार आएको रिपोर्टमा समुदायका ४ जनासहित ११ जना कोरोना संक्रमित थपिएका छन् । प्राप्त रिपोर्ट अनुसार ७ जना क्वारेन्टाइनमा बसेका र ४ जना संक्रमित नजिक रहेका समुदायका रहेका छन् ।
एकसाता अघि कोरोना पोजेटिभ देखिएका सन्धिखर्क ६ का तरकारी व्यापारीसँग नजिक रहेर घुलमेल गरेका सोही वडाका ३ जना पुरूष र १ जना महिलालाई आइतबार कोरोना पुष्टि भएको जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए । उनीहरू सन्धिखर्क-६ जगतका तरकारी व्यापारी ३१ बर्षीय पुरूषको ६५ बर्षीया आमा र त्यहीबाट तरकारी बोकेर कपिलवस्तु रूपन्देही र सन्धिखर्क बजारमा बिक्रिवितरण गर्न लैजाने गाडी चालक लगायत २२ बर्ष देखि ३० बर्ष भित्रका ३ पुरूष रहेका छन् । उनीहरू व्यापारीसँग नजिक रहेका स्थानीयबासीन्दा हुन् ।
के भन्छन् वडाध्यक्ष ?
एक साता अघि गाउँका एक जना तरकारी व्यापारीलाई कोरोना देखिएको थियो तर उनका नजिक रहेर घुलमेल गरिरहेका थप ४ जनामा आइतबार कोरोना देखिएपछि आफुले गाउँ सिल गर्न नगरपालिका र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई आग्रह गरिएको वडा अध्यक्ष कृष्ण आचार्यले बताए । वडाध्यक्ष आचार्यका अनुसार गाउँ सिल गर्न अनरोध गरेको तर अझै जिल्ला प्रशासनबाट आधिकारीक जानकारी आएको छैन् । आइतबार कोरोना पुष्टि भएकाहरूसँग नजिक रहेका नागरिकको नाम संकलन गरिरहेको बताउदै अध्यक्ष आचार्यले भने, ‘संक्रमित नजिक रहेका ब्यक्तिको सोमबार पिसिआर परिक्षणका लागि स्वाब पठाउने र रिपोर्ट नआउदासम्म गाउँ सिल गर्न अनुरोध गरेको छु ।’
स्थानीयको गुनासो
तर गाउँका स्थानीयमा कोरोना पोजेटिभ देखिपनि गाउँलाई सिल गरिएको छैन । अहिले पनि मानिसहरू गाउँमा आवत जावत भैरहेको स्थानीयले बताएका छन् । गाउँमा कोरोनाको जोखिम बढेपनि सम्बन्धित निकायले सिल गर्न चासो दिएको छैन । नगरपालिका र जिल्ला प्रशासनले गाउँ सिल गर्न चासो नदेखाएको सन्धिखर्क ६ का स्थानीयबासिन्दा रोमाखर भट्टराईले बताए । अहिले गाउँमा आवतजावत गर्न र गाउँका सबै पसल बन्द गर्नु पर्ने भट्टराईले बताए । अर्का स्थानीय भोज बहादुर विष्टका अनुसार सिङ्गो गाउँ कोरोनाको जोखिममा परेको छ । तर आवतजावतलाई रोकौं भन्दा अटेर भैरहेको उनको गुनासो छ ।
के गर्दै छ प्रशासन
यस अघि कोरोना पोजेटिभ पुष्टि भएका सन्धिखर्क ६ का एक तरकारी व्यापारीसँग नजिक भएका ४ जना नागरिकमा आइतबार कोरोना पुष्टि भएपछि गाउँ सिल गर्ने कि नगर्ने भन्ने बारेमा छलफल भैरहेको जिल्ला प्रसासनका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए । थापाका अनुसार सक्रमित नजिक रहेकाहरूको नाम ठेगाना संकलन गर्न भनिएको छ ।
उनीहरूको सोमबार पिसिआर परिक्षणका लागि स्वाब पठाईने छ । एक साता अघि जिल्ला सिंचाई कार्यालय प्रमुख र जनस्वास्थ्यमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या ३७४ जना रहेका छन् भने ३३५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म जिल्लामा ३ जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया