१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

स्याङ्जाका २२ जनासहित गण्डकी प्रदेशमा ६९ जनामा कोरोना संक्रमण



स्याङ्जा ।

गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार स्याङ्जाका २२ जना, कास्कीका २० जना, नवलपरासी सुस्तापूर्वका १३ जना, तनहुँका ७ जना, बाग्लुङका ३ जना, लमजुङ र गोरखाका दुईरदुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये २ जना स्वास्थ्यकर्मी छन् भने २ जना फाइनान्समा काम गर्ने कर्मचारी रहेका छन् । सङ्क्रमितमध्ये एक हजार सात सय ६६ जना निको भएका छन् भने १८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७ आइतबार ००:००  ११ : ५५ बजे