कविता
हेर त तिमीले आलस्य गरे नि
परिश्रमी हातहरू चलि नै रहे !
अँगेनामा सक्दो पानी छ्यापे नी,
दाउराहरू दनदन बलि नै रहे !
××××××××××××××××
एउटाले नहेर्दैमा फूलको सुन्दरता
तुरुन्तै मुर्झाइ कहाँ पो झर्छ र ?
माया ममताको कसिलो बन्धन
वैर भावको छुरीले कसरी छिन्छ र ?
×××××××××××××××××
महाभारत कसैको आवश्यकता हैन,
रामायण रच्नु पनि बाध्यता छैन !
गन्तब्य रोज्ने हो, राग द्वेष छोडी,
बसुधैव कुटुम्बकम नै सर्वोपरि !
××××××××××××××××××
अरुण कुमार भुजेल, दार्जिलिङ
प्रतिक्रिया