मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ मा ठुलो संख्यामा सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । कोरोना महामारीका कारण लकडाउन भएको अवस्थामा अग्रभागमा रहेर काम गरेका नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी तीन सुरक्षा अंगमा संक्रमण पुष्टि भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयमा अहिलेसम्म ३ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तथ्याङ्क छ ।
जसमा नेपाल प्रहरीका १ सय ६४ जना, सेनाका १ सय १४ जना र सशस्त्र प्रहरीका २३ जना परेका मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो ।
प्रदेशका १२ जिल्लामध्ये बाँकेमा रहेका सुरक्षाकर्मीमा सबैभन्दा बढी संक्रमित छन् । त्यहाँका १ सय २० जना ( ७५ जना प्रहरी, ३० सेना, १५ सशस्त्र ) कोरोना संक्रमित छन् ।
प्रदेशमा सुरक्षाकर्मी संक्रमण पर्ने जिल्लाको दोश्रो स्थानमा दाङ रहेको छ भने कपिलवस्तु तेश्रो स्थानमा छ ।
दाङमा २ प्रहरी, ५८ सेनासहित ६० जना संक्रमित हुँदा कपिलवस्तुमा ४९ प्रहरी र ७ जना सशस्त्रसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको पौडेलले बताउनु भयो ।
यसैगरी, नवलपरासीमा दुई प्रहरी र एक सशस्त्र प्रहरी गरी तीन जना, रूपन्देहीमा २१ प्रहरी, पाल्पामा दुई सेना, प्युठानमा ६ प्रहरी र २३ सेना गरी २९ जनामा कोरोना संक्रमण देखिएको छ ।जनतासंग प्रत्यक्ष जोडिएर काम गर्दा संक्रमण भएको जनाइएको छ ।
प्रतिक्रिया