मायादेवी अनलाइन, चार नम्बर ।
राष्ट्रिय युवासंघ बाणगंगा ४ ठाकुरापुरले शनिबार मास्क वितरणसंगै सचेतना कार्यक्रम गरेको छ । स्थानीय युवा नेता कार्यकर्ताहरु जम्मा भएर लखरवा टोलको सुकुम्बासी बस्तीका ३८ घरधुरीलाई १ सय ८० थान मास्क वितरण गरेका हुन् ।
कोरोना महामारी नियन्त्रण गर्न सरकारले लकडाउन गरेको अवस्थामा सबैमा मास्क प्रयोग अनिवार्य गरिएको छ । यस्तो स्थितिमा जनतामा मास्क प्रयोग गर्ने सचेतना कम भएकोले घरघरमा मास्क बाँड्दै मास्क लगाउन माइकिङमार्फते समुदायमा सचेतना छर्ने काम गरेको युवा नेता प्रदिप पौडेल (प्रेम नारायण शर्मा) ले जानकारी दिनुभयो ।
पौडेलको अगुवाइमा नविन राना मगर, नविन आचार्य, मिलन चालिसे, विजय शाही ठकुरी, देवेन्द्र आचार्य लगायतका युवाहरु विहानभर सचेतनामा घरघर गएका पौडेलले बताउनु भयो । संघले शुक्रबार पनि नवप्रभात युवा क्लवलाई १ सय ५० थान मास्क वितरण गरेको थियो । युवासंघका केन्द्रिय सदस्य गोपालमणी ज्ञवालीको पहलमा मास्क वितरण गरिएको हो । पछिल्लो समयमा युवा नेता प्रदिपले युवाहरुलाई सामाजिक काममा लगाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
प्रतिक्रिया