९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपाका जिल्ला सदस्य सहित १ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश



कपिलवस्तु ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य सहित १ दर्जन बढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुद्धभूमि नगरपालिका वडा नं. १ को पथ्थरकोटमा आयोजित कार्यक्रममा नेकपाका जिल्ला सदस्य रोमाखर खनाल (राम प्रसाद) सहित १ दर्जन स्थानीय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

यसरी प्रवेश गर्नेहरुमा नेत्र प्रसाद भट्टराई, रामलाल पौडेल, नारायण गिरी, सन्तोष आचार्य, गायत्री झाँक्री, मदन कार्की, भरत बेल्वासे, राजु बस्नेत, निमानन्द गिरी लगायतका रहेका छन् ।

उनीहरुलाई नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति एवं बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् ।

लोकतन्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस पार्टी सबैको भएको कारण सबै नागरिक पार्टीमा अट्न सक्ने हुँदा सबैलाई सम्मान र पदीय जिम्वेवारी समेत प्रदान गरिने सभापति श्रेष्ठले बताए ।

युवा नेता तेज बहादुर बस्नेतले पछिल्लो समय नेपाली कांग्रेसमा युवाहरुको आर्कषण रहेकोले उनीहरुलाई अवसर र सम्मान दिने बताए ।

सो अवसरमा कांग्रेसका नेता राम प्रसाद बेल्वासे, सिता बेल्बासे, प्रेमनारायण अधिकारी लागतयतको सहभागिता रहेको थियो । यस अघि सोही वडामा ३१ जना समेत पार्टी प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७७ शनिबार ००:००  १ : १६ बजे