मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको कृष्णनगर साल्ट ट्रेडिङमा आएको ८५ टन युरिया मल आइतबार (भोली) देखि बाँडिने भएको छ । गत बुधबार आएको युरिया मल भोलिबाट बिभिन्न सहकारीमार्फत् बाँडिन लागेको हो ।
तत्काल कृषकको पहुँचमा पु¥याउनको लागि प्रत्येक सहकारी वा डिलरलाई ५० बोरा युरिया र १० बोरो अल्मुनियम सल्फेट मिलाएर बाँड्न थालिएको कृष्णनगर कार्यालय प्रमुख धिरेन्द्र सिंह श्रेष्ठले जानकारी दिनुभयो ।
लकडाउन यता मल अभाव भएको हुँदा तत्काल कपिलवस्तु जिल्लाभर कृषि सामाग्री संस्थानका दुई डिपो र साल्ट ट्रेडिङका एक शाखाबाट मात्र मलको आपूर्ति गर्दै आएको थियो ।
लकडाउनमा साल्ट ट्रेडिङको डिपोमा रहेको १४ हजार बोरा मल वितरण गरिएको बताएको छ । जिल्लाभरी सहकारी संस्था तथा डिपो [डिलर] मार्फत मल वितरण गरिँदै आएको साल्ट ट्रेडिङ कार्यालय कृष्णनगरले जनाएको छ ।
अब आफू निकटका कृषि सहकारीमार्फत् किसानले सहज रुपमा मल पाउने छन् । किसानले समयमा मल नपाउँदा दुख पाइरहेका छन् ।
प्रतिक्रिया