मायादेवी अनलाइन, चार नम्बर ।
रुपन्देहीमा पछिल्लोपटक कोरोनाका कारण मृत्यु भएका २ जनामा अन्य कुनै रोग नभएको पाइएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएपछि उनीहरुमा अन्य दीर्घ रोग नभएको जानकारीमा आएको हो ।
गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० वर्षीय पुरुषको गयराति राति १० बजेपछि बजे मृत्यु भएको थियो भने आज विहान बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।
उनीहरु दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताउनु भयो ।
देशभर कोरोनाबाट मृत्यु हुने अधिकांसहरुमा कुनै न कुनै रोग भएको रिपोर्ट आइरहेको छ । यस्तो अवस्थामा कुनै दीर्घ रोग नभएकाहरुको मृत्यु हुनुले बढी सचेत र संवेदनशिल बन्नु पर्ने देखाउँछ ।
कतिपयले कोरोनाले नभई अन्य रोगले मानिसको मृत्यु हुने गरेको भन्दै डराउनु पर्ने स्थिति नरहेको बताउँछन् । यता चिकित्सकले भने कोरोना केही रहेनछ भनेर लापरबाही गर्न नहुने बताउँदै यस रोगले च्याप्दा मानिसको स्थिटि जटिल बन्ने बताउँछन् ।
अहिले अस्पतालको आईसियूमा १४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार एक सय ९० पुगेको छ भने अहिलेसम्म १४ जनाको जयान गइसकेको छ ।
प्रतिक्रिया