९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

९६ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना



नरेश चौधरी, सैनामैना ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नं. १ की एक ९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितेकी छन् । शुक्रबार उनी कोरोनालाई जिते पछि डिस्चार्ज भएकी सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले बताएका छन् ।

रुपन्देहीकोे एक बैंकमा कार्यरत उनका नातीको स्वाव संकलन गरी परिक्षण गर्दा नातीमा कोरोना देखिए पछि कन्ट्याक्क ट्रेसिङ्गका क्रममा ९६ वर्षीया हजुरआमा र ५४ वर्षीया आमालाई पनि कोरोना देखिएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घर्तिका अनुसार संक्रमण देखिएका एकै घरका ९६ वर्षीय हजुरआमा र आमा (पहिलो संक्रमितका आमा) घरमै होम आइसोलेशन र नाती (पहिलो संक्रमित) भैरहवा होम आईसोलेसनमा रहेका थिए ।

उनीहरु तीनै जनामा कोरोनाको लक्षण अहिले नदेखिएको र १४ दिनको होम आईसोलेसनको बसाई पछि ड्ब्लु.एच.ओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई ७ दिनको होम कोरेन्टाइन बस्नेगरी आईसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवास्था राम्रो रहेको उनको भनाई छ ।

यस्तै सियारी गाउँपालिकामा अहिलेसम्म २६ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्य अहिलेसम्म २३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । तीन जना अझै आइसोलेसनमा रहेका छन् ।

आत्मवल बढाउन जनप्रतिनिधि र कर्मचारी आइसोलेसन र कोरेन्टाइनमा

कोरोना जितेका तथा संक्रमितहरुको आत्मवल बढाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगाएतकाको टोली समय समयमा आइसोलेसन, होम आइसोलेसन तथा कोरेन्टाइन बसेकाहरुकोमा जाने गरेका छन् ।

कोरोना जिते पनि समाजको डर रहिरहेकाले उनीहरुको आत्माबल बढाउन तथा समाजले गलत तरिकाले हेर्ने दृष्टिकोण परिवर्तन गर्न उनीहरु बसेको ठाउँमा जाने गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

कोरोना लागेका तथा कोरोना जितेका र आइसोलेसन वा क्वारेन्टाइन बसेकाहरु आफ्नै दाजुभाई, छिमेकी भएकोले उनीहरुलाई राम्रो ब्यवहार गर्नु पर्ने उनको भनाई छ ।

उनले भने–“गाउँपालिकाले बनाएको आइसोलेसन, क्वारेन्टाइन तथा होम आइसोलेसनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य अवस्थ बुझ्न, बसाई तथा खानपानको विषयमा हाम्रो अनुगमन जारी छ । यसले क्वारेन्टाइन र आइसोलेसन बसेकाहरुको अवस्थ बुझ्न सजिलो हुन्छ र उनीहरुको आत्मबल बढ्नेछ ।”

प्रकाशित मिति : २० भाद्र २०७७ शनिबार ००:००  ८ : ३६ बजे