९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

रुपन्देहीको लक डाउन आज राति सकिँदै, अब के होला ?



बुटवल ।
रुपन्देहीमा जारी गरिएको लकडाउन आज राति १२ बजे सकिँदै छ । तर लकडाउनको अवधि सकिन लागे पनि कोरोना संक्रमणको जोखिम यथावत् छ । यस्तो अवस्थामा त्यहाँ लकडाउनको अवस्था के होला भनेर चौतर्फी चासो पनि छ । ब्यापारी ब्यवसायीले अब लकडाउन उलंघन गर्ने चेतावनी पनि दिइसेकेका छन् भने लक डाउन खुलाउनु पर्ने चौतर्फी दबाब पनि छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आज दिउसो बस्ने जिल्ला कोभिड व्यवस्थापन नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले सुझावको आधारमा भोेलिदेखि भदौ २१ गतेदेखि लकडाउनको स्वरूप परिवर्तन गरी सहज बनाउने निर्णय गर्न सक्ने जनाइएको छ ।

यसअघि हिजो प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा सम्पन्न बैठकमा बुटवल उपमहानगरपालिकालगायत जिल्लाका सबै पालिका प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको वैठकमा पनि त्यस्तो सुझाव आएको थियो ।

त्यसअनुसार लकडाउन खुकुलो बनाउँदै गतिविधि संचालन गरिने छ । बिहानको समयमा दैनिक उपभोग्य वस्तुहरूको बेचबिखन गर्ने, बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कपडा तथा डिपार्टमेन्टल स्टोर्सहरू समेत खुल्न पाउने गरी लकडाउन खोलिने प्रशसासनले जनाएको छ । तर होटल रेष्टुरेन्ट, विद्यालय, यातायात सन्चालन गर्न, खेलकुद भेला गोष्ठी लगायतका मानिस जमघट हुने गतिविधि भने आयोजना गर्न पाइने छैन ।

प्रकाशित मिति : २० भाद्र २०७७ शनिबार ००:००  ८ : १४ बजे