९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सबै ठाउँमा एउटै मापदण्डको लकडाउन लागु नहुने



काठमाण्डौँ ।
कोभिड– १९ स्थानीय स्रोत व्यक्ति श्रेष्ठले मुलुकभरि संक्रमणका अवस्था हेरेर मापदण्डको मोडालिटी लागू गरिने जानकारी दिए ।

“सबै ठाउँमा एउटै मापदण्डको लागु गर्न सकिँदैन, काठमाडौं र प्रदेश नं २ मा धेरै संक्रमति रहेका छन्, त्यहाँ छुट्टै मापदण्ड र कम संक्रमित भएका जिल्लामा छुट्टै मापदण्ड लागु हुन्छ”, उनले भने, “निषेधाज्ञा र बन्दाबन्दी संक्रमित संख्या हेरेर हुन्छ, संक्रमितको अवस्थाअनुसार निषेधाज्ञा र बन्दाबन्दीको मोडालिटी परिवर्तन हुन्छ ।”

मन्त्रालयले ५०० भन्दाबढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दाबढी संक्रमितमा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । उनले अहिलेसम्म गरिएको सबै पिसिआर परीक्षण नमूना परीक्षण मात्र भएको बताए । अहिलेसम्म सात लाख ३१ हजार ७५२ जनामा पिसिआर परीक्षण गरिएको छ ।

“ती नमूना परीक्षण गरिएकामध्ये दोहरिएको परीक्षण कति छन् भनेर छुट्याउने काम भइरेको छ”, उनले भने, “संक्रमितमध्ये दुईदेखि चार प्रतिशत मानिसको परीक्षण दोहरिएको छ, यस्तै कतिपयको कन्याक्ट ट्रेसिङ गर्दा दोहरिएको छ ।” स्थानीय स्रोत व्यक्ति श्रेष्ठले केहीमा पुनःसंक्रमण देखिएकाले त्यो पनि संख्या पत्ता लगाउने कार्यसमेत भइरहेको बताए ।

उनले प्रत्येक स्थानीय तहमा स्थानीय स्रोत व्यक्ति तोकेर कन्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाउन थालेको जानकारी दिए । मन्त्रालयले संक्रमित बिरामीलाई निजी अस्पताललाई भर्ना नगर्ने पाइएकाले त्यस्ता अस्तपालको अनुगमन गरेर पहिलो चरणमा सचेत र त्यसपछि पनि नगरे कारवाही गर्नेसम्मको तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७७ शनिबार ००:००  ६ : २० बजे