बाबुराम रायमाझी, भलवाड ।
कोरोना भाइरस (कोभिड-१९) बाट मुलुक अक्रान्त भै रहेको बेला लकडाउनको मौका छोपी वाणगंगा ९ भलवाडका प्राकृतिक स्रोत साधनको चोरी निकासी बढेको छ ।
वाणगंगा–९ भलवाडको सरेपानी सामुदायिक वनको सिमानाबाट काठको चोरी निकासी भएको सूचना पाएपछि पुगेको सब डिभिजन वन कार्यालय गोरुसिंगेको टोलीले काठ बरामद गरेको छ ।
गस्ती टोलिबाट गए राति पडरियामा अवैध काठ ल्याइ रहेको अवस्थामा साल जातको ६ थान चिरान काठ बरामद गरेको र २ थान समुदायले समातेको सब डिभिजन वन कार्यालय गोरुसिंगेका प्रमुख रामचन्द्र श्रेष्ठले बताउनु भएको छ ।
यही भाद्र ८ गते खोलाबाट ढुंगा चोरि गरी ट्याक्टरमा ल्याइ रहेको अबस्थामा ईलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलिले पक्राउ गरी ट्याक्टर धनीलाई कार्बाही गरेको थियो । यसरी बाणगंगा ९ भलवाडमा शृङ्खलाबद्ध रूपमा प्राकृतिक स्रोत साधनको चोरी निकासी भएको स्थानीयबासी बताउँछन् ।
तस्बीर फाइल
प्रतिक्रिया