काठमाडौ ।
कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिप्रति सरकार उदासीन बनेको साझा पार्टीले ठहर गरेको छ । पार्टीले विज्ञप्ति निकाली कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिबाट अप्ठ्यारोमा परेका नागरिकहरूको समस्या समाधान गर्नेभन्दा चुनावमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा लैजान लागेकोप्रति साझा पार्टीले विरोध जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कैयौँ नागरिक खान नपाएर मर्दै छन्, बिरामीहरू अस्पताल नपाएर मर्दै छन् । कोरोना संक्रमणले दिनप्रतिदिन भयावह रूप लिँदै छ । यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्तिसंघर्ष, राजनीतिक षड्यन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त छ ।’
साझा पार्टीले विपत्तिमा जनतालाई राहत प्रदान नगर्ने हो भने सरकार केका लागि हो रु भन्दै प्रश्न पनि गरेको छ ।
प्रतिक्रिया