बिष्णु कुमार आले, अर्घाखाँची ।
रुपन्देहीमा शुक्रबार बिहान एक घण्टा भित्रमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुने २ जना सिद्धार्थनगरका र १ जना बुटवलका रहेका छन् ।
उनीहरुमध्ये २ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने एकजनाको घरमै मृत्यु भएको हो। सिद्धार्थनगर(८ का क्यान्सर तथा मिर्गौलाका बिरामी डायालिसिस गराउन अस्पताल जाने तयारी गरेका ४५ वर्षीय पुरुषको घरमै शुक्रबार बिहान ८ बजे मृत्यु भएको हो।
भरतपूर अस्पतालमा उपचार गराएर आएका उनी कोरोना संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए । भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको गिरीले बताए ।
यस्तै बुटवल उपमहानगरपालिका(१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् ६४ वर्षीया महिलाको शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार सिद्धार्थनगर नगरपालिका( ७ की महिला स्वास्थ्य समस्या देखिएपछि भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन।
उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या रहेकी उनलाई कोरोनाको समेत आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजिटिभ देखिएको थियो।
स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । शुक्रबार बिहान नै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार बुटवल ८ मिलनचोक निवासी उनी ९ दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत् थिए। मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको शुक्रबार बिहान ९ बजे मृत्यु भएको गौतमले जानकारी दिए।
यो सँगै रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। ६ सयभन्दा बढी सक्रिय संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् ।रुपन्देहीमा यही भदौ २० गतेसम्म निषेधाज्ञा जारी छ।
प्रतिक्रिया