९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बुटवलमा कोरोनाका कारण थप एक जनाको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।

रूपन्देहीको बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको शुक्रबार आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

मधुमेह र उच्चरक्तचापबाट थलिए पछि उनी भदौ ४ गते अस्पताल भर्ना भएका थिए । उनको विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

तर उनलाई बचाउन नसकिएको डा. थापाले बताए । अहिले शव नेपालीसेना द्वारा व्यवस्थापन गर्ने तयारी भैरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७७ शुक्रबार ००:००  १० : २९ बजे