९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेशन्स लिगः इन्जुरी समयको गोलले स्पेनले जर्मनीलाई हरायो



एजेन्सी ।
नेशन्स लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा स्पेनले जर्मनीलाई जित दर्ता गर्न दिए । जर्मनीले दोस्रो हाफको सुरुमा लिएको अग्रता अन्तिम समयसम्म कायम राखेको थियो ।

तर इन्जुरी समयमा स्पेनले बराबरी गोल गरेर खेलमा आफू हारबाट जोगियो भने जर्मनीलाई जित दर्ता गर्न दिएन । गोसेन्सको सहयोगमा टिमो वेर्नरले ५१ औँ मिनेटमा गोल गरी जर्मनीलाई अग्रता दिलाए । तर स्पेनका लागि जोसे गायाले बराबरी गोल गरे ।

इन्जुरी समयको पाँचौँ मिनेट अर्थात ९५ औँ मिनेटमा गायाले रोड्रिगोको सहयोगमा गोल गरेका हुन् । झण्डै १० महिनापछि दुवै टिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किएका हुन् । दुई ठूला देशबिचको खेल अति रोमाञ्चक बनेको हो ।

शुक्रबार राति नै भएको खेलमा वेल्सले फिनल्याण्डमाथि १-० को जित दर्ता गरेको छ । वेल्सको जितमा ८० औँ मिनेटमा किएफर मूरले गरेको गोल नै निर्णायक बनेको हो ।

नेशन्स लिग अन्तर्गत बिहीबार राति भएका अरु खेलमा रुसले सर्बियालाई ३-१, युक्रेनले स्वीट्जरल्याण्डलाई २-१, हंगेरीले टर्कीलाई १-० तथा फारोइ आइल्याण्डले माल्टालाई ३-२ ले पराजित गरेका छन् ।

यस्तै लात्भिया र एन्डोरा तथा स्लोभेनिया र ग्रिसले गोलरहित, माल्डोभा र कोरोभो तथा बुल्गेरिया र रिपब्लिक अफ आयरल्याण्डले १-१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७ शुक्रबार ००:००  ६ : ४७ बजे