९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

अर्घाखाँचीकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालियो



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ बर्षीया कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरेर बच्चा निकालिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दोश्रो कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालिएको अस्पतालका सुचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा. विष्णु गौतमको नेतृत्व सहितको स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया सफल पारेको हो ।

३ किलो ९ सय ग्राम तौल भएको शिसुको आमाको स्वास्थ्य अवस्था सामान्य रहेको गौतमले बताए । नवजात शिशु र आमाको पिसिआर परिक्षण गरिने र परिक्षणको नतिजा आएपछि शिशु र आमामा कोरोना भए र नभएको पत्ता लाग्ने अस्पतालले जनाएको छ ।

यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको थियो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

उनीहरुको परिवारको अनुरोधमा घरमै आइसोलेशन बस्ने र केही दिनपछि बच्चा र आमाको पीसीआर परीक्षण गर्ने सहमतिमा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा घर पठाइएको डा. गौतमले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७७ बिहिबार ००:००  ७ : ५३ बजे