९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

टीएसएलसी खारेजीको निर्णय पुर्नविचार गर्न प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश



कपिलवस्तु ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम चालु आवबाट हटाउने निर्णय गरेपछि नेपाल निजी प्राविधिक बिद्यालय महासंघले बिरोध जनाएको छ ।

महासंघमा आबद्ध प्राविधिक बिद्यालय संचालकहरुले आयोगको उक्त निर्णय फिर्ता लिनु पर्ने माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

चालु आवको नविकरणका लागि सिटीइभिटीले आवश्यक दस्तुर जम्मा गराई सकेको अवस्थामा कार्यक्रम स्थगित गरेर देशभरीका प्राविधिक शिक्षालय माथि अन्याय गरेको भन्दै टीएसएलसी खारेजीको निर्णय पुर्नविचार गर्न आग्रह गरिएको छ ।

देशभरका ६२ वटा जिल्लाबाट विहीबार एकैपटक ज्ञापनपत्र बुझाइएको निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश पाँचका अध्यक्ष अरुण कुमार पान्डेले बताए । कोरोना भाइरस संक्रमणको बेला निजी प्राविधिक बिद्यालयलाई राहतको सुविधा दिनुपर्ने माग गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : १८ भाद्र २०७७ बिहिबार ००:००  ६ : २६ बजे