९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय



काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले राष्टपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यसअघि फागुन १४ गतेपनि उपाध्यक्ष गौतमलाई राष्टियभामा लैजाने निर्णय गरेको थियो। बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने सरकार पुगेको जानकारी गराउनु भयोु, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा भने।

प्रकाशित मिति : १८ भाद्र २०७७ बिहिबार ००:००  ६ : ०९ बजे